वि.स १९९६ सालमा व्यवसायीक तालिमको माध्याम वाट रोजगारीको अवसर सिर्जना गर्ने उदेश्य लिई नेपाली कपडा र घरेलु ईलम प्रचार अड्डाको स्थापन भएको ।
आ.व २०१३-१४ मा घरेलु ईलम कन्द्र भनी नामाकरण गरिएको ।
आर्थिक वर्ष २०२१-२२ मा अञ्चल केन्द्रको अवधारणा लिई मलुकभर १४ अञ्चलमा केन्द्रहरु खडा गरी निर्धारित उदेश्य अनुरप व्यवसायिक तालिमहरु संञ्चमला गरिएको ।
ततच्ताप क्षेत्रिय र जिल्ला स्तरीय कार्यालय खोलीए । उद्योग प्रशासनको समेचत कार्य गर्ने गरि बि.स २०३० मा कार्यक्षेत्र विकास गरी घरेलु तथा ग्रामिण उद्योग विभाग स्थापना गरिएको ।
बिस्तार कार्य क्षेत्र अनुरुप ७५ ओटै जिल्लामा जिल्ला स्तरीय कार्यालय स्थापन गरिएको।
२०४९ सालमा विभागको संरचना पुनः परिवर्तन भई साना उद्योगले प्रशासन हेर्ने गरी कार्यक्षेत्रमा थप विस्तार गरी घरेलु तथा साना उद्योग विभाग नामाकरण गरियो ।
यसै संरचना बमोजिम साविकको क्षेत्रिय कार्यालयहरु खारेज गरी जिल्ला स्तरीय कार्यालयमा कायम हुन गयको । खास गरी तालिम कार्यक्रममा दोहोरपन हटाउन र मितव्यायिता अपनाउन ७५ जिल्ला मध्य २७ जिल्ला विभाग अन्तरगत र ४८ जिल्ला घरेलु तथा साना उद्योग विकास समिति अन्तर्गत राखि कार्य संञ्चालन गर्ने निति अख्तियार गरिएको ।
तालिम बाहेक उद्योग प्रशासनको हकमा विभागबाट अख्तियारी प्रदान गरी उक्त ४८ कार्यालय समेतलाई उद्योग प्रशासनको कार्यभार तोकिएको ।
देशमा संघियता प्रणाली लागु भए भए पश्चाप सुरुवाती चरणमा नेपाल सरकार सचिवस्तर को मिति २०७४/०३- ०७ र १४ गतेको निर्णायानुसार जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालय समितिका कार्यालयका कर्मचारी समेत सम्बन्धित स्थानिय तह मातहत उद्योग विकास शाखामा रहि कामकाज गर्ने व्यवस्था भए बमोजिम घरेलु तथा साना उद्योग कार्यालय / विकास समितिहरु स्थानिय तह अन्तर्गत रहि काम काज भएको ।
नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७५/०३/३२गतेको निर्णायानुसार सम्बन्धित प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत उद्योग वाणिज्य तथा उपभोक्त हित संरक्षण निर्देशनालय अन्तर्गत रहने गरि संगठन तथा व्यवस्थापन सर्वेक्षण भई नेपाल सरकार मन्त्रिपरिषदको मिति२०७५/०५/०८गतेको निर्णयानुसार प्रदेश सरकार रहेको व्यवस्था भएको ।
प्रदेश सरकारको मिति २०७७/०७/०२ मा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय धनगढीबाट भएको निर्णयानुसार घरेलु तथा साना उद्योग कार्यालयको स्थापना भई सेवा प्रवाह भई रहेको छ